ad ad

राजनीति


नेकपा सचिवालय सदस्यलाई एमसीएको ब्रिफिङ

नेकपा सचिवालय सदस्यलाई एमसीएको ब्रिफिङ

नेपालखबर
जेठ १०, २०७७ शनिबार १३:१६,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको अनौपचारिक बैठक सम्पन्न भएको छ।

शनिबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो अनौपचारिक बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी सचिवालयको औपचारिक बैठक नभएर अनौपचारिक छलफल भएको र छलफलमा एमसीसीबारे कुरा भएको बताए।

प्रवक्ता श्रेष्ठका अनुसार साे बैठकमा मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) र नेकपाले बनाएको एमसीसीसम्बन्धी अध्ययन कार्यदलका प्रतिनिधिले एमसीसीबारे ब्रिफिङ गरेका थिए।

‘आज अनौपचारिक रुपमा पार्टी सचिवालयका सदस्यहरु, एमसीएका प्रतिनिधि र एमसीसी अध्ययन कार्यदलका साथीहरुबीच छलफल भएको हो’, नेपालखबरसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले भने, ‘एमसीसीबारे एमसीएका प्रतिनिधिहरु र अध्ययन कार्यदलका साथीहरुले आफ्नो भनाइ राख्नुभएको हो।’

 बैठकमा हालै नेपालले जारी गरेको नयाँ नक्सापछिको राजनीतिक परिस्थिति, संविधान संशोधनको गृहकार्य, आगामी आर्थिक वर्षको बजेटका बारेमा पनि छलफल भएको थियो। 

बैठकमा कार्यदलका तर्फबाट स्थायी समिति सदस्य भीम रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भनाइ राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .