राजनीति


प्रधानमन्त्रीलाई इतिहास अध्ययन गर्न कांग्रेस नेता केसीको सुझाव

प्रधानमन्त्रीलाई इतिहास अध्ययन गर्न कांग्रेस नेता केसीको सुझाव

नेपालखबर
जेठ २६, २०८३ मंगलबार १६:२, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र शाहलाई इतिहासको अध्ययन गर्न सुझाव दिएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत यावत समस्याहरू ३५ वर्ष यताको हुन् भनि उल्लेख गरेकोप्रति आपत्ति जनाउँदै

इतिहासको अध्ययन गरेर टिप्पणी गर्न सचेत गराएका हुन्। मंगलबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेता केसीले यस्तो बताएका हुन्। 

उनले भने, ‘आज मैले उहाँको स्टाटस हेरेको थिएँ नक्कली हो कि के हो? थाहा छैन। ३५ वर्षदेखि यो समस्या रहेको हो भनेर भन्नुभएको छ। मैले सम्माननीय प्रधानमन्त्रीजीलाई विनम्रतापूर्वक के आग्रह गर्न चाहन्छु भने अलि इतिहासलाई अध्ययन गरौँ। यो ३५ वर्षयताको समस्या मात्रै होइन।’

केसीले प्रधानमन्त्री शाहको अभिव्यक्तिको जवाफ भरिया लगाएर दिएर नहुने पनि बताए। प्रधानमन्त्रीले सीमा सम्बन्धी दिएको आपत्तिजनक अभिव्यक्ति परराष्ट्रमन्त्री वा आफूले दिँदा हुने धारणा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएपछि उनले प्रधानमन्त्रीको अभिव्यक्तिको जवाफ भरिया लगाएर दिएर नहुने स्पष्ट पारेका हुन्।

नेता केसीले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याएर अघि बढ्नुपर्ने पनि बताए।

उनले भने,‘प्रधानमन्त्रीमाथि प्रश्न उठिसकेपछि भरिया लगाएर अर्कोले जवाफ दिएर हुँदैन। तपाईंमाथि प्रश्न उठाएको कुनै प्रतिनिधि राखेर अथवा कोही मान्छेमार्फत जवाफ दिएर हुन्छ? हुँदैन। उहाँको अभिव्यक्तिबाट जे आयो, त्यसलाई सच्याउनुपर्ने अथवा त्यसमा गल्तीभए फिर्ता लिनुपर्ने। अथवा कुन मनसायले भनेको हो, उहाँले आएर भनिदिँदा के हुन्छ?’ 

नेता केसीले संसदलाई सुचारु गराउने जिम्मेवारी सरकारको भएकाले उसले पहल गर्नुपर्ने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad