राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको अधिवेशन हेटौँडामा आजबाट सुरु भएको छ।
अधिवेशनमा बागमती प्रदेशका १३ जिल्लाका करिव १५ सय प्रतिनिधि सहभागी हुने बताइएको छ।
उद्घाटन सत्र पश्चात् आजै बन्द सत्रबाट प्रदेशको नयाँ नेतृत्व चयन गर्ने तयारी छ।
अधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी हुन केन्द्रीय समितिका सदस्य पुकार बम, राजीव खत्री लगायत सांसद तथा नेताहरू कार्यक्रम स्थलमा आइपुगेका छन्।
अधिवेशन उद्घाटन गर्न रास्वपा सभापति रवी लामिछाने आउने भनिए पनि उनको उपस्थिती नरहने एक नेताले जानकारी दिए।
हेर्नुहोस् थप तस्बिर




75
Shares

प्रतिक्रिया