राजनीति


प्रतिनिधिसभाको बैठक आज पनि बस्ने कार्यसूची

प्रतिनिधिसभाको बैठक आज पनि बस्ने कार्यसूची

सभामुख डोलप्रसाद अर्याल


नेपालखबर
जेठ २६, २०८३ मंगलबार ९:१३, काठमाडौँ

प्रतिनिधि सभाको बैठक आज पनि बस्ने कार्यसूची छ। 

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्तिलाई लिएर पटकपटक अवरुद्ध हुँदै आएको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ। 

यही जेठ १९ गतेपछि हिजो (सोमबार)का लागि आह्वान गएको बैठक बस्दै नबसी सूचना टाँस गरेर स्थगित गरिएको थियो। 

सोमबार प्रतिनिधि सभाको बैठक सुरु हुने वितिक्कै विपक्षी दलका सांसदले आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए। उनीहरूले प्रधानमन्त्री वालेन्द्र शाहले सीमाको विषयमा दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग गरेका छन्। 

यही जेठ १७ गते प्रतिनिधि सभामा सांसदसँगको प्रश्नोत्तर कार्यक्रमका क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जमिन मिचेको अभिव्यक्ति दिएका थिए। त्यसलाई लिएर विपक्षी दलले संसद् बैठक अवरुद्ध गर्दै आएका छन्। 

विपक्षीले विरोध जारी राखेपछि सभामुख डोलप्रसाद अर्यालले सोमबार दिउँसो १५ मिनेटका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरेका थिए। त्यसपछि बैठक बस्ने सकेन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad