सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज (सोमबार) सिंहदरबारमा आयोजित बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नजाने भएका छन्।
यसैगरी उपाध्यक्ष रामबहादुर थापा बादल पनि सहभागी नहुने एमाले संसदीय दलकी उपप्रमुख पद्मा अर्यालले जानकारी दिइन्।
सर्वदलीय बैठकमा एमालेले प्रमुख सचेतक ऐन महरलाइ पठाउने भएको छ।
'हाम्रो पार्टीबाट प्रमुख सचेतक जानुहुन्छ,' अर्यालले नेपालखबरसँग भनिन्।
सिंहदरबारस्थित संसद् सचिवालयमा बस्ने सर्वदलीय बैठकका लागि रास्वपा सभापति लामिछाने, महामन्त्री तथा संसदीय दलका प्रमुख सचेत कविन्द्र बुर्लाकाेटी, नेकपाका सहसंयाेजक माधव नेपाल आइपुगेका छन्।
नेताहरू आउने क्रम जारी छ।
984
Shares

प्रतिक्रिया