नेकपा (माओवादी)ले संगठन अधिवेशन आयोजक समितिका सदस्य असललाई कारबाही गरिएको छ।
माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेता असललाई कारबाही गरेको जनाएका छन्। असलसहितका नेताहरूले वाम–लोकतान्त्रिक युवा अभियान निर्माण गरेकाले कारबाही गरिएको जनाइएको छ।
महासचिव विप्लवले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘संगठन अधिवेशन आयोजक समिति सदस्य जस्तो जिम्मेवार तहमा बसेर पार्टी विचार, नीति र कार्यक्रमलाई लागू गर्नुको सट्टा सामान्य वाम आन्दोलनतिर कुँदेकाले कमरेड असललाई पार्टीका सम्पूर्ण जिम्मेवारी र पार्टी सदस्यबाट मुक्त गरिएको जानकारी यसै वक्तव्यमार्फत गरिन्छ।’


प्रतिक्रिया