राजनीति


प्रधानमन्त्री बालेनविरुद्ध गोकुल बास्कोटाको टिप्पणी: ‘नवजेलेन्स्की’

प्रधानमन्त्री बालेनविरुद्ध गोकुल बास्कोटाको टिप्पणी: ‘नवजेलेन्स्की’

नेपालखबर
जेठ १८, २०८३ सोमबार १२:३, काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आइतबार प्रतिनिधिभाको बैठकमा ‘नेपालले पनि भारतको जग्गा मिचेको छ’ भनेपछि चौतर्फी आलोचना भइरहेको छ। 

यसै क्रममा पूर्वमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता गोकुल बास्कोटाले पनि प्रधानमन्त्री शाहको कडा विरोध गरेका छन्। 

एमाले केन्द्रीय सदस्य बास्कोटाले प्रधानमन्त्री शाहलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग तुलना गरेका छन्। 

सामाजिक सञ्जालमा बास्कोटा लेख्छन्, ‘लुसिफर मिथक हो। कुडभिन कुइस्लिङ सत्य हो। र,त्यो कोही नबनोस्।नेपाल-भारतबिच सीमा विवाद छन्। तिनको समाधानको आधार ऐतिहासिक दशी-प्रमाण हुन्। समाधानको बाटो कूटनीति नै हो। निष्कर्ष तथ्य स्वीकार्ने साहस हो। तेस्रो पक्षको संलग्नताको माग हो भने त्यो प्रकारान्तरमा देश मेट्ने नवजेलेन्स्की पथ नै हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad