राजनीति


३५ वर्षमा नभएको काम ३५ मिनेटमा नखोजौँ: प्रधानमन्त्री शाह

३५ वर्षमा नभएको काम ३५ मिनेटमा नखोजौँ: प्रधानमन्त्री शाह

नेपालखबर
जेठ १७, २०८३ आइतबार १४:४, काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँको खोला किनारको जोखिमपूर्ण ठाउँका नागरिकलाई अन्त सारिएको बताएका छन्। 

प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसद आरएन राईले सोधेको प्रश्नको जबाफ दिँदै उनले जसको देशमा कुनै जग्गा छैन, उनीहरुलाई नेपाल सरकारले जग्गाको व्यवस्थापन गर्ने बताए। 

‘खोला किनारमा बस्दा घर डुब्ने अवस्था थियो। स्वास्थ्य अवस्था राम्रो थिएन। फोहोरले बिरामी पर्ने अवस्था थियो,’ उनले भने, ‘सुकुम्बासीलाई ज्यान जोगाउन खोला किनारबाट हटाएको हो।’

उनले दुईतीनवटा मन्त्रालयले सुकुम्बासीलाई जग्गा दिनको लागि काम गरिरहेको जानकारी दिए। ‘यो हतार गरेर हुँदैन। ३५ वर्षमा नभएको काम ३५ मिनेटमा नखोजौँ,’ उनले भने। 

भारतले कालापानीमा नेपाली भूमि अतिक्रमण गरेको प्रश्नको जबाफमा उनले नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको रिपोर्ट आएको बताए। 

उनले सहकारीको कोष खडा गरेर सहकारी पीडितको रकम फिर्ताको काम भइरहेको जानकारी दिए।। सहकारीबाट उठाएको पैसा नै पीडितलाई दिएको उनको भनाई छ। ‘सहकारीबाट ३ करोड उठाएर पीडितलाई दिएका छौँ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad