राजनीति


एमालेको सदस्यता नवीकरण कार्यशाला जेठ २० मा

एमालेको सदस्यता नवीकरण कार्यशाला जेठ २० मा

नेपालखबर
जेठ १६, २०८३ शनिबार २०:१६, काठमाडौँ

नेकपा (एमाले) ले पार्टी सदस्यता नवीकरण तथा अभिप्रेरणासम्बन्धी राष्ट्रिय कार्यशाला जेठ २० र २१ गते काठमाडौँमा आयोजना गर्ने भएको छ।

एमाले केन्द्रीय कार्यालयमा शनिबार महासचिव शंकर पोखरेलको आतिथ्यतामा सम्पन्न बैठकले राष्ट्रिय कार्यशालाबारे निर्णय गरेको हो। कार्यशालामा एमालेका प्रदेश इन्चार्ज, जिल्ला इन्चार्ज, प्रदेश पदाधिकारी, प्रदेश कार्यालय सचिव, प्रदेश संगठन विभाग प्रमुख, जिल्ला अध्यक्ष, जिल्ला संगठन विभाग प्रमुख, जनसंगठनका केन्द्रीय इन्चार्ज तथा अध्यक्ष, जनसंगठनका संगठन हेर्ने सचिव तथा संगठन प्रमुखहरूको सहभागिता रहनेछ।

एमालेका सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालका अनुसार एमालेले पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल माध्यममा रूपान्तरण गर्ने तयारी गरेको छ। सदस्यता नवीकरण, अभिलेखीकरण तथा व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित कार्यशाला आयोजना गर्न लागिएको हो।

जेठ २० गते बिहान ११ बजेदेखि सुरु हुने कार्यशालामा डिजिटल सदस्यता प्रणालीको प्रयोग, सदस्यता नवीकरण प्रक्रिया तथा संगठनात्मक सुदृढीकरणका विषयमा प्रशिक्षण र अभिमुखीकरण प्रदान गरिनेछ। यस कार्यशालामार्फत सदस्यता व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी, प्रभावकारी तथा आधुनिक प्रविधिसँग आबद्ध बनाउने उनको भनाइछ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad