राजनीति


उज्यालो नेपाललाई देशको नेतृत्व गर्ने वैकल्पिक शक्ति बनाउँछौँ: कुलमान घिसिङ

उज्यालो नेपाललाई देशको नेतृत्व गर्ने वैकल्पिक शक्ति बनाउँछौँ: कुलमान घिसिङ

नेपालखबर
जेठ १५, २०८३ शुक्रबार १३:५२, काठमाडौँ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशको नेतृत्व गर्ने वैकल्पिक शक्तिका रुपमा उज्यालो नेपाललाई उभ्याउने बताएका छन्। 

शुक्रबार हाम्रो पार्टी नेपालसँगको एकीकरणको सहमति कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले वैकिल्पक शक्ति बनाउने अभियान थालिएको बताए। दुई पार्टीबीचको एकता त्यसै अभियानअन्तर्गत भएको बताए। ‘उज्यालो नेपाल पार्टी अब साँच्चिकै विकल्पको रूपमा स्थापित हुनेछ,’ घिसिङले भने। 

उज्यालो नेपाल पार्टीलाई देशको बलियो वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्न विभिन्न दलहरूसँग एकता प्रक्रिया अगाडि बढाइएको उनको भनाइ थियो। यसअघि उज्यालो नेपाल पार्टीले राष्ट्रिय परिवर्तन पार्टीसँग पनि एकता गरिसकेको छ। 

‘आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा पार्टीको सशक्त प्रतिनिधित्व हुनेछ र त्यसपछिको निर्वाचनमा देशको नेतृत्व गर्ने गरी हामी अगाडि बढेका छौँ,’ उनले भने। 

अध्यक्ष घिसिङकाअनुसार, अहिले अन्य धेरै राजनीतिक दल, वुद्धिजीवी तथा विभिन्न पेशा र व्यवसायमा आवद्ध व्यक्तिहरू उज्यालो नेपाल पार्टीमा समाहित हुने क्रममा रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad