राजनीति


उपराष्ट्रपतिसँग चिनियाँ राजदूतको भेट

उपराष्ट्रपतिसँग चिनियाँ राजदूतको भेट

नेपालखबर
जेठ १४, २०८३ बिहिबार १२:४८, काठमाडौँ

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङबीचले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेका छन्।

त्यस अवसरमा उनीहरूबीच शान्तिपूर्ण सहअस्तित्व, आपसी सम्मान र दीर्घकालीन मैत्रीमा आधारित नेपाल–चीन  सम्बन्ध, आर्थिक सहयोग तथा भावी सहकार्यका विषयमा विचारविमर्श भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ।

उपराष्ट्रपति यादवले बितेका चार दशकमा चीनले हासिल गरेको प्रगतिको सराहना गर्दै दुई देशबिच व्यापार, पर्यटन, पूर्वाधार, ऊर्जा र प्रविधि हस्तान्तरणमा चिनियाँ  साझेदारी आवश्यक भएकामा जोड दिए।

राजदूत चाङ माओमिङले चीन र नेपालबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आफू प्रतिबद्ध रहेको बताए। 

नेपालसँगको सम्बन्धलाई चीनले उच्च प्राथमिकता दिएको चर्चा गर्दै उनले दुवै देशका जनताको समृद्धिका निम्ति आफू क्रियाशील रहनेमा जोड दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad