राजनीति


दूर सञ्चार कोषमा १६ अर्ब छ, गाउँमा टेलिफोन र इन्टरनेट पुर्‍याउन खर्च गरौँ: महावीर पुन

दूर सञ्चार कोषमा १६ अर्ब छ, गाउँमा टेलिफोन र इन्टरनेट पुर्‍याउन खर्च गरौँ: महावीर पुन

नेपालखबर
जेठ १२, २०८३ मंगलबार १३:४१, काठमाडौँ

गाउँघरमा टेलिफोन र इन्टरनेट पुर्‍याउन दूर सञ्चार कोषमा रहेको रकम खर्च गर्न सांसद महावीर पुनले आग्रह गरेका छन्। 

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पुनले नागरिकबाट उठाएको रकम खेर गइरहेको जिकिर गरे। ‘नेपाल दूर सञ्चार प्राधिकरणमा ग्रामीण दूर सञ्चार कोष भनेर खडा गरिएको छ। त्यो कोषमा १६ अर्ब रुपैयाँ छ,’ सांसद पुनले भने। 

नेपाल टेलिकमले प्रयोगकर्ताबाट प्राप्त गर्ने रकमको २ प्रतिशत कोषमा जम्मा गर्दै आएको छ। यो ग्रामीण क्षेत्रमा दूर सञ्चार सेवा विस्तार गर्नका लागि खडा गरिएको हो। 

अहिले कोषको रकम खातामै थन्किएकाले त्यसको प्रयोग गर्नुपर्ने सांसद पुनको भनाइ छ। ‘सरकारले गाउँघरमा टेलिफोन र इन्टरनेट पैसा नभएर होइन, पैसा भएर पनि खर्च गर्न नसकेर नपुर्‍याएको हो,’ उनले भने। 

नागरिकबाटै लिएको रकम नागरिकै लागि खर्च गर्नुपर्ने उनको भनाइ छ। ‘सरकारले गाउँगाउँमा टेलिफोन, इन्टरनेट लैजानका लागि पैसा खर्च गर्नुपर्दैन, त्यही कोषको पैसा खर्च गर्दा हुन्छ,’ पुनले भने। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad