राजनीति


दार्चुलाको दुम्लिङमा स्थानीय र विप्लव कार्यकर्ताबीच हात हालाहाल, ७ जना पक्राउ

दार्चुलाको दुम्लिङमा स्थानीय र विप्लव कार्यकर्ताबीच हात हालाहाल, ७ जना पक्राउ

नेपालखबर
जेठ ८, २०७७ बिहिबार ११:३५,

दार्चुलाको दुम्लिङमा सात जना विप्लवका कार्यकर्ता पक्राउ परेका छन्।

लकडाउनको समयमा गाउँमा आएका विप्लवका कार्यकर्तालाई स्थानीयले रोकेपछि उनीहरुले हातपातसमेत गरेको दार्चुला प्रहरीले जनाएको छ।

‘लकडाउनको समयमा नहिँड्न भनेछन् स्थानीयले, सोही क्रममा हातहालाहाल भएछ, त्यसपछि हाम्रो दुम्लिङको टोलीले नियन्त्रणमा लिएको हो’, दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्र जोशीले भने।

पक्राउ परेका कार्यकर्ताले भारतीय सीमानामा झण्डा गाँड्न हिडेको बताएका थिए। पक्राउ परेका मध्ये धेरैजसो दार्चुलाकै विभिन्न ठाउँका भएको प्रहरीले जनाएको छ।

उनीहरुको साथमा विप्लव समूहको झण्डासमेत फेला परेको छ। पक्राउ परेका कार्यकर्तालाई खलंगा ल्याउँदै गरेको श्रेष्ठले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad