राजनीति


छानबिन समितिले आधिकारिकता दिएको सदस्यतालाई नवीकरण गर्ने कांग्रेसको निर्णय

छानबिन समितिले आधिकारिकता दिएको सदस्यतालाई नवीकरण गर्ने कांग्रेसको निर्णय

नेपालखबर
जेठ ११, २०८३ सोमबार १५:३२, काठमाडौँ

नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि छानबिन समितिले आधिकारिकता दिएको क्रियाशील सदस्यतालाई नवीकरण गर्ने निर्णय गरेको छ।

कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले छानबिन समितिले आधिकारिता दिएको सदस्यतालाई नवीकरण प्रक्रियामा लैजाने निर्णय गरेको हो। समितिका संयोजक प्रदीप पौडलको सभापतित्वमा बसेको बैठकमा सभापति गगन थापा पनि उपस्थित रहेका थिए। 

बैठकको निर्णयमा भनिएको छ, ‘१४औँ महाधिवेशनको क्रममा गठन भएको क्रियाशील सदस्यता छानबिन समितिले १५औँ महाधिवेशनमा आधिकारिकता दिने गरी प्रदान गरिएका क्रियाशील सदस्यतालाई पुरानो सदस्यता मानी नवीकरण प्रक्रियामा समावेश गर्न जिल्ला सभापतिहरूलाई परिपत्र गर्ने।’

यससँगै कांग्रेसले क्रियाशील सदस्यता केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने समय पनि जेठ २१ गतेसम्म थपेको छ। नयाँ क्रियाशील सदस्यता वितरण तथा विभिन्न कारणले नवीकरण हुन नसकेका क्रियाशील सदस्यहरूको सदस्यता नवीकरण गरेर प्रविष्ट गर्न समय थपिएको जनाएको छ। 

यससँगै बैठकले कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको सचिवमा केन्द्रीय कार्यालयका सह–सचिव प्रेम विश्वकर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad