ad ad

राजनीति


भारतीय सञ्चारमाध्यमलाई रिजालले भने : सीमाको विषयमा प्रधानमन्त्री ओलीले लिएको अडानको समर्थन गर्छौँ

भारतीय सञ्चारमाध्यमलाई रिजालले भने : सीमाको विषयमा प्रधानमन्त्री ओलीले लिएको अडानको समर्थन गर्छौँ

नेपालखबर
जेठ ८, २०७७ बिहिबार ८:५३,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री मिनेन्द्र रिजालले सीमा विवादको विषयमा सरकारले लिएको अडानमा पूर्ण समर्थन रहेको बताएका छन्।

भारतीय टिलिभिजन च्यानल रिपब्लिकनसँगको कार्यक्रम डिबेटमा बोल्दै रिजालले अन्य विषयमा मतभेद भए पनि सीमा विवादको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको अडानको समर्थन गर्ने बताए।

कार्यक्रमको शुरुमा सञ्चालन अर्णव गोस्वामीले चीन संसारबाट एक्लिएको र नेपालले अहिले चीनको इशारामा सीमा विवाद उठाएको भन्दै शुरु गरेका थिए। कार्यक्रममा रिजालले त्यसका खण्डन गर्दै सीमा समस्याको विषयलाई नेपाल र भारत दुवैले समाधान हुन बाँकी रहेको विषय भनेर मानेको बताएका छन्।

‘प्रश्न गरेका हो कि कुनै मन्तव्य दिएको हो। कि मलाई कुनै सन्देश दिन खोजेकोे? नेपालमा यसरी अन्तर्वार्ता लिइँदैन। नेपाल र भारतबीच लामो समयदेखि सीमा विवाद छ। हामी द्विपक्षीय छलफलबाट समस्या हल गर्न चाहन्छौँ। भारतले कोभिड–१९ को महामारी टुंगिएपछि बसौंला भन्यो। हामीले अगावै कुराकानी गरौं भन्यौं,’ नेता रिजालले भने, ‘हामीसँग उक्त भूभाग हाम्रो भएको पुष्टि गर्न यथेष्ट प्रमाण छन्। भारतले पनि आफ्नो तर्फबाट प्रमाण जुटाओस्। वार्तामा बसौं, समस्या समाधान गरौं। चीनलाई जोडिरहनुको तुक छैन।’

जवाफमा अर्णवले भने, ‘नेपालमा कसरी अन्तर्वार्ता गरिन्छ मलाई थाहा छैन, भारतमा यसरी नै गरिन्छ।’

कार्यक्रममा द रिपब्लिका दैनिकका सम्पादक सुवास घिमिरे, द हिमालय टाइम्सका प्रकाश रिमाल पनि सहभागी रहेका थिए।

कार्यक्रममा गोस्वामीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा चीनबाट आएको भाइरस भन्दा भारतबाट आएको भाइरस कडा भनि गरेको टिप्पणीलाई विषयमा पनि प्रश्न गरेका थिए। तर, रिजालले आफू भाइरस विज्ञ नभएको जवाफ दिएका थिए ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .