महिला, बालबालिका, लैँगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले आफनो मन्त्रालयले पहुँचमुखि सबै अनुदान खारेज गरेको बताएकी छन्।
शुक्रबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उनले सो कुरा खुलासा गरेकी हुन्। पहुँच र प्रभावका आधारमा महिला, बालबालिका, लैँगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा अनुदान विगतमा दिने गरिएकाले यसलाई हटाउने निर्णय गर्नु परेको मन्त्री बादीको स्पस्टीकरण थियो।
मन्त्री बादीले भनिन्,‘ विगतमा पहुँच र प्रभावमा आधारित विभिन्न संस्थाहरुलाई वितरण गरिने अनुदान दिने प्रवृत्तिका कारण अपेक्षित उपलब्धि हासिल हुन नसकेको अनुभव हामीसँग छ। त्यसैले यस वर्षदेखि त्यस्ता पहुँचमुखि अनुदान हामी पूर्ण रुपमा अन्त्य गरिएको छ। अब स्रोत परिचालन र कार्य सम्पादन, पारदर्शिता र वास्तविक आधारित मात्रै काम गरिनेछ। र, यसले सार्वजनिक स्रोत परिचालन र यसको उत्तरदायित्वलाई मजबुत बनाउने विश्वास लिएका छौँ।’
मन्त्री वादीले काम गर्ने दायरा व्यापक भएपनि आफनो मन्त्रालयमा स्रोत र साधनको सीमितता नै स्थायी चुनौतिको रुपमा खडा भएको पनि तथ्य पनि स्मरण गराइन्। उनले सीमित स्रोत र साधनका कारण महिलाले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको पनि स्पष्ट पारिन्।
मन्त्री बादीले मन्त्रालयले बजेट विनियोजनको लागि न्याय, आवश्यकता र प्रभावकारितालाई उच्च प्राथमिकता दिएका पनि बताइन्।
Shares

प्रतिक्रिया