राजनीति


संवैधानिक परिषद्लगायत अध्यादेश राष्ट्रिय सभामा रोक्नुपर्छ: गगन थापा

संवैधानिक परिषद्लगायत अध्यादेश राष्ट्रिय सभामा रोक्नुपर्छ: गगन थापा

नेपालखबर
जेठ ८, २०८३ शुक्रबार १७:१७, काठमाडौँ

नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले ल्याएका सबै अध्यादेश राष्ट्रिय सभाबाट पारित गर्न नहुने बताएका छन्। 

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार सुनसरीको लौकहीमा आयोजना गरेको कोसी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै सभापति थापाले सबै अध्यादेश स्वीकृत गर्न नसकिने बताएका हुन्। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको र बजेटमा पनि सरकारलाई अफ्ठेरो नपारिने उनको भनाइ थियो। 

तर, संवैधानिक परिषद्सम्बन्धी लगायत केही अध्यादेश भने राष्ट्रिय सभाबाट रोकिने उनले बताए। ‘अहिले अध्यादेश अस्वीकृत गर्ने कुरा राष्ट्रिय सभामा छ। हामी सबै अध्यादेश अस्वीकृत गर्नु हुँदैन भनिरहेका छौँ,’ थापाले भने। 

सहकारीसहित केही अध्यादेश भने पारित गरिने उनले बताए। ‘सहकारीसँग जोडिएको विषयको अध्यादेश छ, अरू अध्यादेशहरू छन्, यी अध्यादेशहरू अगाडि बढ्न दिनुपर्छ,’ थापाले भने, ‘संवैधानिक परिषद्सँग जोडिएको अध्यादेश र अरू बाँकी रहेका नागरिकका मौलिक अधिकारहरू खण्डित गर्ने कानुन ल्याएर ल्याएको अध्यादेशका सन्दर्भमा यसलाई रोक्नुपर्छ।’

त्यस्तै, सभापति थापाले प्रधानमन्त्री वालेन्द्र शाह र मन्त्रीहरूको सम्पत्ति विवरणबारे पनि उनले प्रश्न उठाएका छन्। मन्त्रीहरूले सम्पत्तिको स्रोत देखाउनुपर्ने उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad