राजनीति


कृषिमन्त्री चौधरी र स्पेनका गैरआवासीय राजदूतबीच भेट, कृषि प्रविधिमा सहकार्य गर्नेबारे छलफल

कृषिमन्त्री चौधरी र स्पेनका गैरआवासीय राजदूतबीच भेट, कृषि प्रविधिमा सहकार्य गर्नेबारे छलफल

नेपालखबर
जेठ ८, २०८३ शुक्रबार १६:८, काठमाडौँ

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र नेपालका लागि स्पेनका गैरआवासीय राजदूत जुआन एन्टोनियो मार्च पुजोलबीच शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ। 

भेटमा कृषि आधुनिकीकरण, कृषि डिजिटलाइजेसन, गुणस्तरीय कृषि उत्पादन, जल व्यवस्थापन, जलवायु अनुकूल कृषि तथा प्रविधि आदानप्रदानका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। 

मन्त्री चौधरीले नेपाल सरकारले कृषि डिजिटलाइजेसन, युवा सशक्तीकरण र कृषि नवप्रवर्तनलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी गराइन्। साथै भौगोलिक संकेत दर्ता प्रक्रिया सुरु भई सुन्तला र किवीका लागि पाइलट कार्यक्रम सञ्चालन भइरहेको पनि उनले बताइन्।

राजदूत पुजोलले गुणस्तरीय कृषि उत्पादन, कृषि ट्रेसबिलिटी प्रणाली तथा कृषि क्षेत्रमा लगानी र प्रविधि आदानप्रदानका क्षेत्रमा स्पेन सहकार्य गर्न इच्छुक रहेको बताए। 

उनले स्पेनको ज्वालामुखीय क्षेत्रमा विकसित वाइन उत्पादन, जैतुन तेलको ट्रेसबिलिटी प्रणाली, सुन्तला, सिट्रस तथा अंगुर खेतीका अभ्यासका साथै जल अभाव भएका टापु क्षेत्रमा रातको समयमा पानी उठाउने प्रविधिबारे जानकारी गराए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad