राजनीति


कांग्रेसको सुदूरपश्चिम प्रदेश स्तरीय अन्तरिक्रया स्थगित

कांग्रेसको सुदूरपश्चिम प्रदेश स्तरीय अन्तरिक्रया स्थगित

नेपालखबर
जेठ ८, २०८३ शुक्रबार १४:५६, काठमाडौँ

नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा तय गरेको क्रियाशील सदस्यता अद्यावधिकसम्बन्धी अन्तरक्रिया स्थगित गरेको छ। 

शुक्रबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले प्रेस विज्ञप्ति जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि अन्तरक्रिया कार्यक्रम स्थगित भएको जनाएका छन्। कांग्रेसले जेठ ११ गते कञ्चनपुरको महेन्द्रनगरमा अन्तरक्रिया गर्ने तय गरेको थियो। 

कांग्रेसको सूचनामा भनिएको छ, ‘नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिद्वारा २०८३ जेठ ११ गते कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरिने भनिएको सदस्यता अद्यावधिकसम्बन्धी सुदूरपश्चिम प्रदेशको अन्तरक्रियात्मक कार्यक्रम अर्को सूचना नहुञ्जेलसम्मका लागि स्थगित गरिएको बेहोरा यसै विज्ञप्ति मार्फत् सबैलाई जानकारी गराइन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad