राजनीति


एमालेले राज्य कोषमा फिर्ता गर्‍यो भीआईपी उपचारको ३ करोड ९० लाख

एमालेले राज्य कोषमा फिर्ता गर्‍यो भीआईपी उपचारको ३ करोड ९० लाख

फाइल फोटो


नेपालखबर
जेठ ८, २०८३ शुक्रबार ७:४०, काठमाडौँ

नेकपा एमालेले आफ्ना नेताको उपचारको नाममा राज्य कोषबाट लिएको झण्डै चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता गरेको छ। 

एमाले अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री केपी ओलीले आफ्नो पालामा आफूसहित तीनजना भीभीआईपीको वैदेशिक उपचारका नाममा राज्य कोषबाट  तीन करोड ९० लाख रुपैयाँ लिएका थिए। 

एमालेले सो रकम राज्यकोषमै फिर्ता गरेको अख्तियार र अर्थ मन्त्राय स्रोतले जनाएका छन्। 

जनस्वास्थ्य ऐन- २०७५ को व्यवस्थाविपरीत उपचारका नाममा सरकारी ढुकुटीको रकम दुरुपयोग गरेको सम्बन्धमा अख्तियारले छानबिन टुंग्याउनै लाग्दा एमालेले उक्त रकम सरकारको राजस्व खातामा दाखिला गरेको हो।

तत्कालीन प्रधानमन्त्री ओलीसहित पूर्वराष्ट्रपति रामवरण यादव र अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनालको वैदेशिक उपचारमा खर्च भएको रकम फिर्ता भएको हो। 

यादव र खनालले लिएको रकमसमेत एमालेबाटै फिर्ता भएको हो। ओलीका नाममा खर्च भएको दुई करोड ३९ लाख, खनालको ८१ लाख र यादवको ७० लाख रुपैयाँ फिर्ता भएको अख्तियार स्रोतले जनाएको छ।  

 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad