राजनीति


अर्मेनियाको अवैतनिक वाणिज्य दूतावास काठमाडौँमा

अर्मेनियाको अवैतनिक वाणिज्य दूतावास काठमाडौँमा

नेपालखबर
जेठ ७, २०८३ बिहिबार २१:४४, काठमाडौँ

नेपालका लागि अर्मेनियाको अवैतनिक वाणिज्य दूतावास कार्यालयको आज काठमाडौँमा उद्घाटन गरिएको छ।

उद्घाटन कार्यक्रममा नेपालका लागि अर्मेनियाका गैरआवासीय राजदूत वाहाग्न अफ्यानले नेपाल तथा अर्मेनियाबीचको मजबुत सम्बन्धले दुई राष्ट्र र जनतालाई फाइदा पुग्ने तथा यसले त्यो अगाडि बढ्न बाटो खुलेको चर्चा गरे।

नेपालका लागि अर्मेनियाका अवैतनिक राजदूत इ किरन मल्लले अर्मेनिया र नेपालबीच  पर्यटन तथा जलविद्युत्का क्षेत्रका अतिरिक्त विभिन्न क्षेत्रमा सहकार्यको प्रशस्त सम्भावना रहेको बताए।

कार्यक्रममा विभिन्न देशका नेपालका लागि अवैतनिक वाणिज्यदूत र नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिको उपस्तिथिति थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad