राजनीति


मोरङ-२ का सांसदमाथि लागेको आरोप आधारहीन: रास्वपा उपनेता पराजुली

मोरङ-२ का सांसदमाथि लागेको आरोप आधारहीन: रास्वपा उपनेता पराजुली

नेपालखबर
जेठ ६, २०८३ बुधबार १५:३२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले  मोरङ क्षेत्र नं २ का सांसद कृष्णकुमार कार्कीमाथि लागेको आरोप आधारहीन भएको दाबी गरेका छन्।

संघीय संसद परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपनेता पराजुलीले मोरङ–२ का सांसद र अन्य सदस्यहरूका विरुद्ध लागेका आरोपहरू आधारहीन र चरित्र हत्या गर्ने उद्देश्यले आएको बताएका हुन्। 

उनले भने, ‘मोरङ क्षेत्र नं २ का सांसदको विषयमा उठेको कुरा हुनसक्छ मलाई पनि अचम्म लाग्यो यो कुरा, त्यस्तो उजुरी कहाँ दर्ता भएको रहेछ? कुन निकायमा उजुरी दर्ता भएको रहेछ, अथवा उहाँले त्यस्तो अन्याय गरेको अथवा अत्याचार गरेको रहेछ भनेर उजुरी दर्ता भएको हामीले अहिलेसम्म पाएका छैनौँ।’ 

मोरङ २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कृष्णकुमार कार्कीले विदेशी महिलालाई गर्भवती बनाएर अलपत्र पारेको आरोप लागेको छ। यस विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि संसदमा समेत कुरा उठेको थियो।

उपनेता पराजुलीले पूर्वगृहमन्त्री सुधन गुरुङले नैतिकताका आधारमा राजीनामा दिइसकेको र सम्पत्ति छानबिनका लागि समिति बनेको बताउँदै रास्वपा विधि र प्रक्रियामा पूर्ण विश्वास गर्ने पार्टी भएको जिकीर पनि गरे। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad