राजनीति


संसद्को मर्यादा पालना नगरेको भन्दै हर्क साम्पाङलाई सभामुखले दिए चेतावनी

संसद्को मर्यादा पालना नगरेको भन्दै हर्क साम्पाङलाई सभामुखले दिए चेतावनी

नेपालखबर
जेठ ६, २०८३ बुधबार १२:२४, काठमाडौँ

सभामुख डोलप्रसाद अर्यालले हर्कराज साम्पाङसहित श्रम संस्कृति पार्टीका सांसदलाई संसदको मर्यादा पालना गर्न चेतावनी छन्।

बुधबारको संसद् बैठक शुरु हुनेवित्तिकै उठेर पर्चासहित विरोध जनाएपछि सभामुख अर्यालले राईलगायत उनका सांसदलाई संसद्को नियमाली सम्झाउँदै यस्तो चेतावनी दिएका हुन्। 

सभामुख अर्यालले बस्न अनुरोध गरे पनि साम्पाङसहितका सांसदले पालैपालो पर्चा पढ्दै संसद्को सर्वोच्चता कायम राख्न र सरकार संसद्प्रति उत्तरदायी बन्नु पर्ने भन्दै विरोध गरेका थिए। 

त्यसपछि सभामुख अर्यालले चेतावनीसहति संसद्को मर्यादा कायम राख्न भनेका हुन्।

‘माननीय सदस्य हर्कराज राईसहित श्रम संस्कृति पार्टीका माननीयहरुले नियमित रूपमा संसदको मर्यादाविपरीत संसद्मा प्लेकार्ड देखाउने, अभद्र व्यवहार गर्ने गरिरहेकाले म माननीय सदस्यहरूलाई  प्रतिनिधिसभा नियमवाली २०७९ को नियम ३० बमोजिम आफ्ना क्रियाकलाप र व्यवहार सच्याउन चेतावनी दिन्छु’, अर्यालले भने।

त्यसपछि पनि अर्यालले साम्पाङलाई बोल्नको लागि समय दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad