उपकुलपतिको कामकाज गर्ने गरी जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग शिक्षा मन्त्रालयले अन्तरक्रिया गरेको छ। विश्वविद्यालयहरूका सहकुलपति समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको उपस्थितिमा अन्तर्क्रिया भएको हो।
नयाँ व्यवस्था नहुन्जेल विश्वविद्यालयका कामकाज प्रभावित हुन नदिन तथा अध्ययन-अध्यापन कार्यलाई निरन्तरता दिन आवश्यक कदमबारे प्रध्यापकहरूले योजना प्रस्तुत गरेका थिए।
मन्त्री पोखरेलले परीक्षा, दैनिक प्रशासनिक कामहरूलाई निरन्तरता दिन तथा दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न निर्देशन दिएका छन्।
शिक्षा मन्त्रालयका अनुसार विभिन्न विश्वविद्यालयहरूमा उपकुलपति नियुक्तिको प्रक्रिया जारी छ।
उपकुलपति नियुक्तिका लागि आठवटा विश्वविद्यालयमा सिफारिस समिति गठन भई आवेदन दिने समय समाप्त भइसकेको छ। अन्य विश्वविद्यालयहरूमा पनि छिट्टै प्रक्रिया अघि बढाइने शिक्षामन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया