राजनीति


सरस्वती लामाको प्रश्न- महँगीले जनताको ढाड सेकेको छ, सरकार कहाँ छ?

सरस्वती लामाको प्रश्न- महँगीले जनताको ढाड सेकेको छ, सरकार कहाँ छ?

नेपालखबर
जेठ ५, २०८३ मंगलबार १३:१७, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले अस्वाभाविक रूपमा बढ्दै गएको महँगी नियन्त्रण गर्न सरकार असफल भएको बताएकी छन्। 

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद लामाले महँगीका कारण आम नागरिकको जनजीवन कष्टकर बनेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराइन्। बजारमा दैनिक उपभोग्य वस्तुहरू चामल, दाल र तरकारीदेखि लिएर पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य आकासिएको उल्लेख गर्दै उनले सरकारले सुशासनको प्रत्याभुति दिन नसकेको बताए।

‘आज महँगीले जनताको ढाड सेकेको छ, भान्छाको अवस्था दयनीय छ,’ लामाले भनिन्, ‘के यही हो सरकारले दिलाउन चाहेको सुशासन? कालोबजारी रोक्न र जनतालाई आर्थिक राहत दिन सरकार किन अग्रसर छैन?’

सांसद लामाले दुई तिहाइको शक्तिशाली सरकार भए पनि जनताको पीडा सम्बोधन हुन नसकेको र सरकारको उपस्थिति नागरिकले महसुस गर्न नपाएको टिप्पणी गरे। नागरिकको आम्दानी स्थिर रहने तर खर्चको बोझ निरन्तर बढ्दै जाने अवस्थाले सामान्य मानिसलाई जीवन निर्वाह गर्न कठिन भएको उनको तर्क छ। 

सांसद लामाले बजार अनुगमनलाई प्रभावकारी बनाउँदै कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्नेहरूलाई कठोर कारबाही गर्न माग गरिन्। पेट्रोलियम पदार्थ र ग्यासमा लाग्ने करको पुनरावलोकन गरी जनतालाई प्रत्यक्ष राहत दिनुपर्नेमा उनले जोड दिइन्। 

उनले कृषि उत्पादन र आपूर्ति शृंखलालाई सुदृढ गर्दै आयातमा रहेको निर्भरता घटाउन र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने माग राखिन्। यस्तै, सार्वजनिक यातायातको मनपरी भाडा नियन्त्रण गर्न र निम्न तथा मध्यम वर्गीय परिवारलाई लक्षित गरी खाद्यान्न, शिक्षा र स्वास्थ्य क्षेत्रमा सहुलियत विस्तार गर्न पनि लामाले आग्रह गरिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad