राजनीति


राजनीति गर्ने एजेन्डा सकिने भएकाले पुराना दल सुकुम्बासी समस्या बल्झाउन चाहन्छन् : केपी खनाल

राजनीति गर्ने एजेन्डा सकिने भएकाले पुराना दल सुकुम्बासी समस्या बल्झाउन चाहन्छन् : केपी खनाल

नेपालखबर
जेठ ५, २०८३ मंगलबार १३:११, काठमाडौँ

रास्वपाका सांसद केपी खनालले पुराना दलहरूले सुकुम्बासी समस्या समाधानमा अवरोध गरिरहेको आरोप लगाएका छन्। 

मंगलबार संसद् बैठकमा बोल्दै उनले वर्तमान सरकारले सुकुम्बासीको व्यवस्थापनमा काम गरिहँदा विगतदेखि सत्ता चलाउँदै आएका दलहरूले गलत हल्ला फैलाइरहेको तर्क गरे। 

‘उनीहरूले सुकुम्बासीको एजेन्डालाई राजनीतिक हतियार बनाउँदै आएका छन्। विगतको सरकारले २० वटा आयोग बनायो, तर सुकुम्बासी समस्या किन समाधान भएन,’ उनले भने, ‘विगतमा उनीहरूले सुकुम्बासी समस्या उल्टै बल्झाए। राजनीतिक एजेन्डा सकिने भएकाले उनीहरूले सुकुम्बासी समस्या समाधान गर्न चाहेनन्।’

उनले बर्खाको भेलामा नडुबाउन सरकारले सुकुम्बासीलाई खोला किनारबाट हटाएको बताए। 

‘वर्तमान सरकारले सुकुम्बासीलाई सम्मानित र व्यवस्थित बसोबासको व्यवस्था गर्ने तयारी गरिरहेको छ,’ उनले भने। 

उनले पथलैया, बुटलबल जस्त ठूला सहर पनि ऐलानी जग्गा र अव्यवस्थित ठाउँमा बसेको भन्दै त्यस्ता ठाउँमा बसोबास गर्नेहरूलाई लालपुर्जाको व्यवस्था गरिनुपर्नेमा जोड दिए। 

‘कसैको पनि भोगाधिकार नभएको ऐलानी र पर्ती जग्गा उपभोग गरिरहेकाहरूलाई लालपुर्जा दिनुपर्छ,’ उनले भने। 

आफूले पनि ऐलानी जमिनमै बसोबास रहेको भन्दै उनले त्यो जग्गाको स्वामित्व पनि आफूले पाउनु पर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad