राजनीति


दुवै सदनको बैठक बस्दै

दुवै सदनको बैठक बस्दै

नेपालखबर
जेठ ५, २०८३ मंगलबार ८:५२, काठमाडौँ

संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ। 

प्रतिनिधिसभाको बैठक मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ। 

आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल जारी रहने सम्भावित कार्यसूची  छ।

यो प्रस्तावमा सोमबारदेखि नै प्रतिनिधिसभामा छलफल जारी छ।  


    
गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए। 

छलफल सकिएपछि बुधबारको बैठकमा मन्त्री वाग्लेले जवाफ दिने कार्यसूची छ। 
    
यसैगरी राष्ट्रियसभाको बैठक पनि आज अपराह्न १३ः१५ बजे बस्दैछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad