रास्वपा सांसद यज्ञमणि न्यौपानेले न्यायपालिकालाई छुट्टै बजेट बनाउन दिनुपर्ने बताएका छन्। आज (सोमबार) सदनमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै उनले सरकार र राज्यले न्यायालयलाई हेर्ने दृष्टिकोण पृथक हुनुपर्ने बताएका हुन्।
‘सर्वोच्च अदालतलगायत न्यायपालिका सक्षम हुनका लागि छुट्टै बजेट हुनुपर्छ। न्यायपालिका आफैँले बजेट विनियोजित गर्छ। अन्य देशहरूमा न्यायापरिषद्मार्फत बजेट व्यवस्था गर्छन्,’ उनले भने, ‘तर यहाँ बजेटका लागि न्यायपालिकाले कार्यपालिकातर्फ चिहाउनुपरेको छ।’
उनले विनियोजित विधेयकमा न्यायालयको सन्दर्भमा खासै उल्लेख नभएकाले बजेटमा न्यायपालिकालाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए।
309
Shares

प्रतिक्रिया