प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरूले सडक मार्गलाई सुरक्षित बनाउनु पर्ने देखि रातो मच्छिन्द्रनाथको रथको दायाँबायाँ राखिने हिटीमङ्ग हराएकोलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
उनले दाहसंस्कार गर्दा बस्ने भवन भत्काउन आदेश दिने वनका कर्मचारीलाई कारबाहीको माग गरे।
सांसद सुनिल केसीले भूमिगत विद्युत् लाइन र खानेपानी पाइप विस्तार गर्ने जिम्मेवारी लिएका कम्पनीहरुले सडक सुरक्षालाई बेवास्ता गर्ने, खाल्डाहरु यत्तिकै छाड्नाले दुर्घटना बढको विषयमा सरकारको ध्यानाकर्षण गराए।
सांसद बलावती शर्माले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने आजको दिन भएकाे उल्लेख गर्दै उक्त विषयमा ध्यानाकर्षण गराइन्। सांसद ध्रुवराज राईले अलपत्र परेको सडक, सवारीसाधन र यात्रुहरुको सुरक्षामा सरकारको ध्यानाकर्षण गराए।
सांसद सुरेशकुमार चौधरीले यही जेठ १ गते राप्ती सुनारी गाउँपालिका-३ मा पर्ने सामुदायिक वनका बाख्रा चराइरहेको अवस्थामा चारजना थारु महिलामाथि १० र ११ जनाको समूहमा आएका मानिसहरुले कुटपिट तथा लुटपाटमा संलग्नलाई कडा कारबाही गर्न माग गरे।
Shares

प्रतिक्रिया