विश्व बैंकले मुलुकको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने बताएको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग आज शिक्षा मन्त्रालयमा भएको भेटमा यहाँस्थित विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले उक्त कुरा बताएका हुन्।
दीर्घकालीन सुधार र गुणस्तरीय शिक्षामा पहुँच विस्तारका लागि साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको उक्त मन्त्रालयले जनाएको छ।
मन्त्री पोखरेलले सरकारका प्राथमिकताबारे जानकारी गराउँदै शैक्षिक पूर्वाधार विकास, ‘फाउन्डेसन लर्निङ’ सुदृढीकरण र शिक्षामा ‘डिजिटाइजेसन’ तथा प्रविधि विस्तारलाई सरकारको प्रमुख ‘एजेन्डा’का रूपमा अघि बढाइएको बताए। रासस
57
Shares

प्रतिक्रिया