राजनीति


स्वास्थ्य बीमालाई व्यवस्थित बनाउन गृहकार्य गरिरहेका छौँ: स्वास्थ्यमन्त्री मेहता

स्वास्थ्य बीमालाई व्यवस्थित बनाउन गृहकार्य गरिरहेका छौँ: स्वास्थ्यमन्त्री मेहता

नेपालखबर
बैशाख २८, २०८३ सोमबार १२:५९, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले स्वास्थ्य बीमामा देखिएका समस्या हटाएर व्यवस्थित र जनमैत्री बनाउने गरी तयारी गरिरहेको बताएकी छन्। 

सोमबार वीर अस्पतालमा ‘राष्ट्रिय सरसफाई सप्ताह’ शुभारम्भ गर्ने क्रममा मन्त्री मेहताले स्वास्थ्य बीमामा केही पेचिलो समस्या रहेको स्वीकार गरिन्। त्यसलाई कसरी सरल र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा मन्त्रालयमा गृहकार्य भइरहेको उनको भनाइ थियो। 

‘स्वास्थ्य बीमामा अलिकति पेचिलो छ। यसलाई कसरी सहजीकरण गर्न सकिन्छ र जनमैत्री कसरी बनाउन सकिन्छ भनेर हामी गहन छलफल गरिरहेका छौँ,’ मेहताले भनिन्, ‘वर्कआउट भइरहेको छ, चाँडै नै थाहा पाउनुहुन्छ।’ 

स्वास्थ्य बीमा सुधारसम्बन्धी कार्ययोजना अन्तिम चरणमा पुगेको उनको भनाइ थियो। चाँडै नै नागरिकलाई सहज हुनेगरि नयाँ व्यवस्था सार्वजनिक गरिने उनले बताइन्। 

हाल स्वास्थ्य बीमा कार्यक्रममा सेवा प्रवाह, दाबी भुक्तानी समस्या र नागरिक पहुँचमा कमजोरी लगायतका विभिन्न गुनासा आइरहेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad