राजनीति


रविले बोलाए रास्वपाको केन्द्रीय सचिवालय बैठक

रविले बोलाए रास्वपाको केन्द्रीय सचिवालय बैठक

नेपालखबर
बैशाख २७, २०८३ आइतबार ८:१८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले केन्द्रीय सचिवालयको बैठक बोलाएका छन्। 

आज साँझ ६ बजे वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने भएको छ। बैठकमा रास्वपाको आगामी भेला तथा अधिवेशनको विशेष कार्यतालिकाबारे छलफल हुने जनाइएको छ। 

त्यस्तै, रास्वपाका विभिन्न आयोग तथा विभागमा रिक्त रहेका पदाधिकारीको मनोनयन गर्ने विषयलाई पनि बैठकको कार्यसूचीमा राखिएको छ। साङ्गठनिक संरचनालाई थप व्यवस्थित बनाउने उद्देश्यले जिल्ला समितिहरूको विघटन र नयाँ व्यवस्थापनबारे समेत बैठकमा निर्णय हुने बताइएको छ। 

यससँगै रास्वपाको आन्तरिक अनुशासन र अनुशासनात्मक कारबाहीका सम्बन्धमा प्राप्त प्रस्तावमाथि पनि सचिवालयले विमर्श गर्ने भएको छ। सचिवालय बैठकले आगामी केन्द्रीय समितिको बैठकको तयारी र कार्यतालिका तय गर्नुका साथै अन्य विविध समसामयिक विषयमा समेत छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad