नेपाली कांग्रेस जिल्ला कार्य समिति रामेछापको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति नवराज थोकर (तामाङ) ले पाएका छन्।
पार्टी सभापति गगन थापाले थोकरलाई कार्यवाहक जिल्ला सभापतिको रुपमा काम गर्न जिम्मेवारी दिएका हुन्।
कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) हाल निलम्बित छन्। केन्द्रीय अनुशासन समितिको निर्णयानुसार वैशाख १६ गते पार्टीले उनलाई निलम्बन गरेको हो।
‘नेपाली कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिका बमोजिम पार्टीको सांगठनिक गतिविधिहरू तथा पार्टी संरचनाहरूलाई व्यापक परिचालन गरी संगठनलाई गतिशील, प्रभावकारी र नियमित रुपमा सञ्चालन गर्न आवश्यक देखिएकोले तपाईंलाई नेपाली कांग्रेस जिल्ला कार्यसमिति रामेछापको कार्यवाहक सभापतिको हैसियतले दैनिक काम काज गर्ने जिम्मेवारी प्रदान गरेको छु’ सभापति थापाले दिएको पत्रमा उल्लेख छ।
Shares

प्रतिक्रिया