संसदीय समितिले पनि काठमाडौँ उपत्यका भित्रको सुकुम्बासी बस्तीको अवलोकन गर्ने भएको छ।
सोमबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा संसदीय समितिको बैठकले सरकारले हालै हटाएको सुकम्बासी बस्तीका नागरिकहरुको पीडाको सुनुवाई गर्न एक हप्ताभित्र काठमाडौँ उपत्यका भित्रको सो ठाउँमा अनुगमनमा जाने निर्णय गरेको हो।
काठमाडौँ उपत्यका भित्रका सुकुम्बासी बस्तीको अवस्थाबारे अध्ययन गर्न यही हप्ता भित्र अनुगमनमा जाने निर्णय गरिएको समितिका सभापति समीक्षा बास्कोटाले जानकारी दिइन्।
सभापति बास्कोटाले भनिन्,‘सुकम्बासी बस्तीको विषयमा हामी अवस्था के छ भनेर अध्ययन तथा अनुगमन गर्न सकिन्छ जस्तो लाग्छ। त्यो काम यही हप्ता भित्र काठमाडौं उपत्यका भित्रको सुकुम्बासी बस्तीको अध्ययन तथा अनुगमन गर्न हामी जानसक्छौँ। बाहिर जाने कुरा चाहिँ बजेटको कुरा पनि छ। त्यो अहिले सम्भव छैन।’
त्यस अवसरमा उनले संसदको बैठकलाई प्रभावकारी बनाउनेगरी सहकार्य गरेर अघि बढन पनि समितिका सदस्यहरुलाई आग्रह गरे।
Shares

प्रतिक्रिया