राजनीति


गोकुल बास्कोटाको सुझाव: एमाले, कांग्रेस, नेकपाले किचकिच नगर है यो विषयमा

गोकुल बास्कोटाको सुझाव: एमाले, कांग्रेस, नेकपाले किचकिच नगर है यो विषयमा

नेपालखबर
बैशाख १८, २०८३ शुक्रबार १०:५७, काठमाडौँ

नेकपा एमालेका नेता गोकुल बास्कोटाले राजनीतिक हैसियतका आधारमा सरकारका विभिन्न पदमा नियुक्ति पाएका व्यक्तिहरूलाई आन्दोलन नगर्न  तथा अदालत नधाउन सुझाव दिएका छन्।

पूर्वमन्त्रीसमेत रहेका एमाले केन्द्रीय सदस्य बास्कोटाले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत राजनीतिक नियुक्ति पाएकाहरूले सरकार फेरिएपछि जागिर छाडेर घर जानुपर्ने टिप्पणी गरेका हुन्। 

साथै उनले यस विषयमा आफ्नो पार्टी एमालेसहित नेपाली कांग्रेस र नेकपालाई किचकिच नगर्न पनि आग्रह गरेका छन्।

‘पार्टीहरूको राजनीतिक हैसियतका आधारमा नियुक्ति पाउने पद र पाएका व्यक्तिहरूले सरकार फेरिएपछि इफ, बट, धर्ना, जुलस, आन्दोलन,अदालत धाउने होइन, खुरुक्क त्यो जागिर त्यै दिनबाट छोडेर घर जाने हो’, बास्कोटाले लेखेका छन्, ‘एमाले, कांग्रेस, नेकपाले किचकिच नगर है यो विषयमा। यसले व्यक्ति हिताय र समाज रिसाय हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad