नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन्।
कांग्रेस सभापतिलाई सम्बोधन गरि दिएको राजीनामा पत्रमा ‘देशको पछिल्लो राजनीतिक घटनाक्रमले उत्पन्न असहज परिस्थितीका कारण नेपाल तरुण दलको पाचौँ महाधिवेशन सम्पन्न गर्न नसकिएको’ बताएका छन्।
‘मेरो अध्यक्षतामा गठन भएको दलको केन्द्रीय समितिले पाचौँ महाधिवेशन सम्पन्न गर्न पार्टीले दिएको समयसीमा २०८३ मंसिर मसान्तभित्र सम्पन्न गर्नुपर्ने भएतापनि पाचौँ महाधिवेशनको प्रक्रिया सुरु भैरहेको अवस्थामा देशको पछिल्लो राजनीतिक घटनाक्रमले उत्पन्न असहज परिस्थितीका कारण नेपाल तरुण दलको पाचौँ महाधिवेशन सम्पन्न गर्न नसकिएको यथार्थ पार्टीलाई अनुरोध गर्न चाहन्छु’ उनले लेखेका छन्, ‘लोकतन्त्रको सुदृढ परिकल्पना एवम् नयाँ जनादेशलाई संस्थागत गरी नेपाली कांग्रेस पार्टीलाई समयले मागेको र युगले चाहेबमोजिम नेपाल तरुण दललाई नेपाली कांग्रेसको सिद्धान्त र योजना अनुसार अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्नसक्ने बनाउनु वर्तमानको आवश्यक्ता हो।’

Shares

प्रतिक्रिया