श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) वर्तमान शासन सैनिक शासन हो भनी प्रश्न गरेका छन्।
काठमाडौँमा नदी किनारका सुकुमवासी बस्ती हटाउने क्रममा सेनाको टोली पनि देखिएपछि प्रतिनिधिसभा सदस्य साम्पाङले आपत्ति प्रकट गरेका हुन्।
सोमबार बिहानै साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली सेना किन बाटोमा निस्केको? सदनले अनुमोदन गरेर निस्केको हो? कि यो शासन सैनिक शासन हो? सिमानामा खट्नुपर्ने सेना सुकुमवासी बस्तीतिर देखापर्नु भनेको आपत्तिजनक कुरा हो।’
303
Shares

प्रतिक्रिया