ग्लोबल


महिला पत्रकारसँग झोकिँदै ट्रम्पले भने: मैले कसैलाई बलात्कार गरेको छैन (भिडिओ)

महिला पत्रकारसँग झोकिँदै ट्रम्पले भने:  मैले कसैलाई बलात्कार गरेको छैन (भिडिओ)

नेपालखबर
बैशाख १४, २०८३ सोमबार ७:४४, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प अन्तर्वार्ताकै क्रममा पत्रकारसँग 'यस्तो भन्न लाज लाग्नुपर्ने' भन्दै झोकिएका छन्।

महिला पत्रकार नोरा ओडोनेलले सीबीएस न्युजको ६० मिनेट नामको कार्यक्रममा ट्रम्पसँग अन्तर्वार्ता लिइरहेकी थिइन्।

त्यस क्रममा नोराले शनिबार राति ह्वाइट हाउसमा पत्रकारहरूका लागि आयोजित डिनरमा गोली चलाएको आरोपमा पक्राउ परेका व्यक्तिको पत्र पढेर सुनाइन्।

पत्रमा गोली हान्ने व्यक्तिले एपस्टिनसँग ट्रम्पको सम्बन्धबारे उल्लेख गरेका छन्, त्यो कुरा पत्रकार नोराले ट्रम्पलाई ठुलो स्वरमा सुनाइन्। 

त्यसपछि ट्रम्पले झोकिँदै भने, ‘मलाई थाहा थियो- तपाईंले यो पढ्नुहुनेछ, किनभने तपाईंहरू धेरै खराब हुनुहुन्छ। हो, उसले लेखेको थियो। तर म बलात्कारी होइन, न त मैले कसैलाई बलात्कार गरेको छु।’

ट्रम्पले अगाडि भने, ‘तपाईंले कुनै बिरामी मानिसको बकवास पढ्नुभयो? मलाई ती कुरासँग जोडिएको छ, जससँग मेरो कुनै लिनुदिनु छैन। मलाई पूर्ण रूपमा सफाइ दिइएको छ।’

अझ आक्रोशित हुँदै ट्रम्पले थपे, ‘मैले पत्र पढेँ। उनी बिरामी मानिस हुन्। तर तपाईंलाई लाज लाग्नुपर्ने तपाईंले त्यो पढ्नुभयो, किनकि म त्यस्तो होइन।’

यसपछि पत्रकार नोराले ती शब्द आफ्ना नभएको स्पष्टीकरण दिइन्। 

तर ट्रम्पले भने, ‘तपाईंले ती शब्द टीभीमा पढ्न हुँदैनथ्यो।’

अन्तर्वार्ताको भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad