राजनीति


शेखर कोइरालाले गरे बुद्धिजीवीसँग छलफल

शेखर कोइरालाले गरे बुद्धिजीवीसँग छलफल

नेपालखबर
बैशाख १३, २०८३ आइतबार १८:२६, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देश र कांग्रेसको पछिल्लो अवस्थाबारे बुद्धिजीवी र जेन्जी युवा सँग छलफल गरेका छन्।

कोइरालाले आइतबार आफ्नो सम्पर्क कार्यलय बिशालनगरमा उनीहरुसँग छलफल गरेका हुन्।

छलफलमा पुरुषोत्तम दाहाल, किशोर नेपाल, डा दिनेश भट्टराई, मधुरमण आचार्य, हरिदर्शन श्रेष्ठ, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, डा बिनिता कार्की, जगदिश दाहाल, कुलचन्द्र वाग्ले, पुरञ्जन आचार्य, बिष्णु बुढाथोकी, डा उद्धव प्याकुरेल, जेन्जी युवा अभिजित अधिकारी र करिना पुरीलगायतको सहभागिता थियो।

दिउँसो १ बजे देखि ४ बजेसम्म भएको छलफलमा कांग्रेस नेताहरु डा शशांक कोइराला, सुजाता कोइराला, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, डा मिनेन्द्र रिजाल र डा. गोविन्दराज पोख्रेल पनि सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad