राजनीति


अध्यक्ष ओलीविरुद्ध पार्टीभित्रैबाट आएका अभिव्यक्ति सच्याउन एमालेको निर्देशन

अध्यक्ष ओलीविरुद्ध पार्टीभित्रैबाट आएका अभिव्यक्ति सच्याउन एमालेको निर्देशन

नेपालखबर
बैशाख १३, २०८३ आइतबार १५:१०, काठमाडौँ

नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनमा अनपेक्षिक मतपरिणाम आउनुमा पार्टीकै विभिन्न तहमा खटिएका नेताहरूको भूमिका रहेको चन्दै अब सदस्यता वितरणमा कडाइ गर्न निर्देशन दिएको छ। 

वैशाख १० गते बसेको पार्टी प्रदेश कमिटीका अध्यक्षहरू सम्मिलित समन्वय/परामर्श बैठकमा त्यसबारे छलफल भएको महासचिव शंकर पोखरेलले तल्लो तहमा पठाएको निर्णय कार्यान्वयन सम्बन्धी प्रस्तावमा भनिएको छ।

८ बुँदे सो निर्देशनमा प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाकृत परिणाम नआएको विषयमा नेताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको विरुद्धमा दिएको अभिव्यक्ति गलत भएको ठहर गर्दै त्यसो नगर्न निर्देशन दिएको छ।

‘पार्टीको विधि पद्धति र अनुशासनको ख्यालै नगरी जिम्मेवार नेता कार्यकर्ताहरूद्वारा सामाजिक सञ्जाल र सडकमा पार्टी नेतृत्व, नीति र निर्णयका विरुद्ध सार्वजनिक रुपमा अभिव्यक्ति नदिन र पार्टीका औपचारिक कमिटीभित्र नै आफ्नो विचार राख्न पार्टीपङ्क्तिलाई आवश्यक निर्देशन गर्ने भएको छ,’ निर्देशनमा भनिएको छ।

यस्तै पार्टी सदस्यभन्दा कम मत आएका निर्वाचन क्षेत्र, पालिका र वडाहरूमा पार्टी सदस्य वितरणको मापदण्डलाई कडाइका साथ पालना गर्ने जनसंगठनले निर्णय गरेको छ।

‘त्यस्ता स्थानहरूमा आवश्यकताअनुसार सदस्यता नवीकरण सहजीकरण टोली निर्माण गरी खटाउन सक्नेगरी सदस्यता नवीकरणको कार्य अगाडि बढाउने,’ महासचिव पोखरेलले हस्ताक्षर गरेर तल्लो तहमा पठाएको निर्देशन प्रस्तावमा भनिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad