राजनीति


कांग्रेस बैठकमा बहस: सुन र सुधनको मुद्दाबाट ध्यान मोड्न सुकुम्बासी बस्तीमा डोजर

कांग्रेस बैठकमा बहस: सुन र सुधनको मुद्दाबाट ध्यान मोड्न सुकुम्बासी बस्तीमा डोजर

सरकारले डोजर चलाउने भएपछि निरास थापाथलीका सुकुम्बासी। तस्बिर: सरोज नेपाल/नेपालखबर


नेपालखबर
बैशाख ११, २०८३ शुक्रबार १३:३५, काठमाडौँ

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाउन लागेको विषयमा छलफल भएको छ।

सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा जारी बैठकमा मन्त्रीहरूको सुन र सुधन गुरुङको गृहमन्त्रीको मुद्दा ओझेलमा पार्न सुकुम्बासी बस्तीमा डोजर लगाउने फण्डा अगाडि सारेको नेताहरूले बताएका छन्।

कांग्रेसका एक पदाधिकारीले नेपालखबरसँग भने, ‘सुधन गुरुङ र मन्त्रीहरूको सुनको विषय जसरी बाहिर आयो। त्यो विषयलाई विषयान्तर गर्नका लागि सुकुम्बासी बस्तीमा डोजर चलाउने विषय उठान गरेको हो भनेर नेताहरूले कुरा राखिराख्नु भएको छ।’  

गत चैत २९ मा बालेन्द्र शाह नेतृत्वमा सरकार बनेको १७ दिनमा मन्त्रिपरिषद्का सदस्यहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका थिए। मन्त्रीहरूसँग ठूलो मात्रामा सुन भएको देखिएपछि सार्वजनिक रुपमा प्रश्न उठेको थियो। 

सानेपामा जारी कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक।

यस्तै तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि विवादित व्यवसायी दीपक भट्टसँग साझेदार रहेको र सेयर कारोबार गरेको विषयमा चौतर्फी आलोचना भएको थियो। आलोचना थेग्न नसकेपछि गुरुङले वैशाख ९ मा गृहमन्त्रीबाट राजीनामा दिएका थिए। 

यी विषयबाट नागरिकको ध्यान मोड्न सरकारले सुकुम्बासी बस्तीमा डोजर लगाउन तम्सिएको कांग्रेस नेताहरूको निष्कर्ष छ। 

बैठकमा सरकारले सुकुम्बासी उठाउन लागेको विषयमा छलफल भइरहेको भन्दै कांग्रेसले संस्थागत रुपमा आफ्नो धारणा सार्वजनिक लागेको ती पदाधिकारीले बताए। ‘नेताहरूले सरकारको कार्यशैलीमाथि प्रश्न उठाइराख्नु भएको छ। यस विषयमा पार्टीले संस्थागत धारणा सार्वजनिक गर्छ,’ ती पदाधिकारीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad