राजनीति


कांग्रेस कार्यसम्पादन समितिको बैठकमा संसदीय दलको विधानबारे छलफल

कांग्रेस कार्यसम्पादन समितिको बैठकमा संसदीय दलको विधानबारे छलफल

नेपालखबर
बैशाख ११, २०८३ शुक्रबार १२:१४, काठमाडौँ

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा संसदीय दलको विधानबारे छलफल भइरहेको छ।

सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा कार्यसम्पादन समितिको बैठक जारी रहेको छ। कांग्रेस सभापति गगन थापाको सभापतित्वमा बसेको बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल भइरहेको जनाएको छ। 

आज कांग्रेस संसदीय दलको नेताका लागि चुनाव गर्ने कार्यक्रम छ। शुक्रबार अपराह्न ३ बजेबाट संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता सुरु हुने भएको छ। 

त्यसअघि कांग्रेस कार्यसम्पादन समितिको बैठकमा संसदीय दलको विधानबारे छलफल चलेको हो। यससँगै कांग्रेस संसदीय दलको नेताबारे पनि छलफल भइरहेको जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad