पश्चिम एशियाको युद्धले नेपालीलाई असर गरिरहेको बेला परराष्ट्रमन्त्री शिशिर खनाल र जोर्डनका उपप्रधानमन्त्री, परराष्ट्र तथा आप्रवासी मामिलामन्त्री आयमान सफादीबीच बिहीबार टेलिफोन वार्ता भएको छ।
टेलिफोन वार्तामा दुई देशका परराष्ट्रमन्त्रीबीच नेपाल र जोडर्नबीचको द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको मन्त्रालयले जनाएको छ।
परराष्ट्रमन्त्री खनालले जोडर्नका समकक्षीसँग नेपालको चासोबारे छलफल गरेका थिए। ‘जोडर्नमा रहेका नेपाली नागरिकको सुरक्षा र हित सुनिश्चित गरेकामो जोडर्न सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो’, परराष्ट्र मन्त्रालयले भनेको छ।
जोडर्न नेपालीका लागि श्रमिक गन्तव्य मुलुक हो।
126
Shares

प्रतिक्रिया