प्रतिनिधिसभा बैठकमा शुक्रबार प्रश्न उत्तरको कार्यसूची रहने भएको छ। सभामुख डीपी अर्याललाई मंगलबार बुझाइएको नियमावली मस्यौदामा शुक्रबार प्रश्नोत्तरको समय रहने उल्लेख छ। त्यसपछिको समय गैरसरकारी कार्यसूची र अरु दिन सरकारी कार्यसूचीले प्रथामिकता पाउनेछन्।
शुक्रबबार बैठक नबसेमा सभामुखले उक्त कार्यको लागि अर्को दिन तोक्न सक्नेछन्।
मन्त्रीले जवाफ दिनै पर्ने
संसदमा सांसदले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनुपर्नेछ। ‘आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्र सदनमा दिनुपर्नेछ’, नियमावलीमा उल्लेख छ।
प्रतिनिधिसभा नियमावली २०८३ को नियम १५ मा शून्य र विशेष समय सम्बन्धी व्यवस्था छ।
शून्य र विशेष समय प्रारम्भ हुन लागेको बैठकबीचको अवधिको कुनै गम्भीर प्रकृतिको घटना वा विषयको सन्दर्भमा सरकारको ध्यानार्षण गराउन सांसदले ढ्याप ढ्याप गरी समय माग गरेमा सभामुखले आकस्मिक समय उपलब्ध गराउने कुरा नियमावलीमा छ।
Shares

प्रतिक्रिया