राजनीति


कांग्रेस संसदीय दलको नेता चुन्न वैशाख ११ मा मतदान

कांग्रेस संसदीय दलको नेता चुन्न वैशाख ११ मा मतदान

नेपालखबर
बैशाख ७, २०८३ सोमबार १७:२४, काठमाडौँ

नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि वैशाख ११ गते मतदान हुने भएको छ। 

कांग्रेस संसदीय दलको नेता निर्वाचन समितिले सोमबार निर्वाचन कार्यक्रम जारी गरेको छ। निर्वाचन कार्यक्रमअनुसार, वैशाख ९ गते दिउँसो विधान तथा निर्वाचन निर्देशिकासम्बन्धी सांसदहरूसँग छलफल राखिएको छ। त्यसको भोलिपल्ट वैशाख १० गते दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गर्ने तालिका रहेको छ। 

त्यस्तै, वैशाख ११ गते बिहान ११ देखि १२ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। अपराह्न साढे ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यक्रम छ। 

त्यसपछि अपराह्न ४ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ। मतदान सकिए लगत्तै मतगणना हुने निर्वाचन समितिका संयोजक प्रकाश रसाईली स्नेहीले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad