राजनीति


सरकारले प्रदेश संरचना खारेज गर्न चाहे राप्रपाको साथ रहन्छ: शाही

सरकारले प्रदेश संरचना खारेज गर्न चाहे राप्रपाको साथ रहन्छ: शाही

नेपालखबर
बैशाख ७, २०८३ सोमबार १४:४९, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रदेश संरचना खारेज गर्नका लागि आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने बताएका छन्।

सोमबार पार्टीद्वारा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेश संरचना खारेज गर्नका लागि सरकारलाई दुई तिहाई मत चाहिए आफ्नो पार्टीले साथ दिने बताएका हुन्।

मुलुकमा हिन्दु राज्य स्थापना गर्न, राजासहितको प्रजातान्त्रिक शासन व्यवस्थाका लागि सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले सहयोग माग आफनो पार्टीले साथ दिने नेता शाहीको भनाई थियो। उनले मुलुकलाई सुशासनको बाटोमा अघि बढाउनका लागि आफनो पार्टीले सदैव पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे। 

उनले भने,‘आज यो देशको प्रदेश संरचना खारेज गर्नुपर्छ भन्नेकुरा त हामीले संसदमा उभिएर नै भनिसक्यौँ। तपाईंहरुको १८२ सिट आएको छ। प्रदेश संरचना खारेज गर्नुहुन्छ। हिन्दु, बुद्ध, किराँतसहितको सनातन हिन्दु अधिराज्य स्थापना गर्नुहुन्छ। राजासहितको प्रजातन्त्रलाई अवलम्बन गर्नुहुन्छ। नेपालको संविधान संशोधन गर्न तपाईलाई सिट पुगेन भने ५ वटा सिट हामी दिन्छौँ। १८७ सिट पुग्छ, संविधान संशोधन गरौँ भनेर हामीले घोषणा गरिसकेका छौँ।’

सो अवसरमा पार्टीका प्रवक्ता समेत रहेका नेता शाहीले फरक मत राखेका सबै नेता, कार्यकर्तालाई पनि समेटेर अघि बढ्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad