खेल


वालिङको फुटबल क्लबलाई फुटबलर तथा मोडल रणपालको १ लाख सहयोग

वालिङको फुटबल क्लबलाई फुटबलर तथा मोडल रणपालको १ लाख सहयोग

नेपालखबर
बैशाख ७, २०८३ सोमबार १५:१, काठमाडौँ

फुटबलर तथा मोडल अस्मिता रणपालले स्याङ्जा वालिङको फुटबल क्लबलाई आर्थिक सहयोग गरेकी छिन्।

उमेर समूहबाट नेपाली टोलीको प्रतिनिधित्व गरिसकेकी अस्मिताले वालिङबाट एन्फा महिला लिग लगायत अन्य प्रतियोगिता खेलिसकेकी छिन्। 

फुटबलबाट करियर सुरु गरेकी अस्मिताले थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन्। व्यावसायिक जिवनबाट गरेको आम्दानी फुटबलमा लाग्नेलाई प्रेरित गर्ने उदेश्यले ट्रिनिटी क्लब वालिङलाई १ लाख रुपैयाँ सहयोग गरेकी छिन्। 

‘जीवनको दौडानमा परिस्तिथिले जता लैजान्छ, त्यतै जानुपर्ने रहेछ फुटबलतिर पनि संघर्ष गर्दागर्दै अकस्मात् अर्को मोडमा दौडिनुप¥यो तर मैले फुटबल छोडे पनि फुटबलप्रतिको मायां हृदयमा जस्ताको तस्तै छ। त्यसैले म जहाँ जुन अवस्थामा भए पनि यस फुटबलप्रतिको माया जस्ताको तस्तै रहिरहनेछ’, सोमबार सामाजिक सञ्जालमार्फत अस्मिता लेख्छिन्, ‘र फुटबल खेलाडीहरु भाइबहिनीहरुलाई मैले माया मात्र हैन, आफूले सकेको सानो सहयोग पनि गर्दै छु र फेरि पनि गर्नेछु  र अन्तिममा यही हो  जसरी मैले सम्झेको छु यो ठांउले पनि मेरो माया नमारोस कहिल्यै नबिर्सियोस यही कामना।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad