राजनीति


अमेरिकी सहायक विदेशमन्त्री कपुरलाई दूतावासले गर्‍यो स्वागत

अमेरिकी सहायक विदेशमन्त्री कपुरलाई दूतावासले गर्‍यो स्वागत

समीर पल कपुरलाई स्वागत गर्दै कार्यबाहक राजदूत स्कट अरबम


नेपालखबर
बैशाख ७, २०८३ सोमबार ११:४९, काठमाडौँ

दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुरलाई काठमाडौंस्थित अमेरिकी दूतावासले स्वागत गरेको छ। आज बिहान काठमाडौँ आइपुगेका उनलाई नेपालस्थित अमेरिकी दूतावासमा कार्यबाहक राजदूत स्कट अरबमले स्वागत गरेका हुन्। 

‘हामी दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री पल कपुरलाई नेपालमा न्यानो स्वागत गर्दछौँ,’ सहायक विदेशमन्त्री कपुरलाई स्वागत गरेको फोटो पोष्ट गर्दै दूतावासले भनेको छ, ‘उहाँले यस भ्रमणमा अमेरिका–नेपाल साझेदारीलाई अझ सुदृढ बनाउन सरकारी अधिकारीहरू, व्यवसायिक नेतृत्वकर्ताहरू र सांस्कृतिक विज्ञहरूसँग भेटघाट गर्नुहुनेछ।’

सहायक विदेशमन्त्री कपुर बालेन शाह नेतृत्वको सरकार बनेपछि नेपाल आउने अमेरिकी सरकारका सबैभन्दा उच्च अधिकारी हुन्।

नेपाल भ्रमणकै लागि मात्र भनेर उनी अमेरिका बाहिर निस्केका हुन्। अमेरिकी विदेशमन्त्री तथा उच्च अधिकारीहरु प्रायः भारत, पाकिस्तान, बंगलादेश वा अन्य दक्षिण, दक्षिण पूर्वी एशियाका देशको भ्रमण क्रममा काठमाडौँ आउने गर्थे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad