नेपालीको कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको बैठक सुरु भएको छ।
गल्फुटारस्थित खड्का निवासमा १४औँ महाधिवेशनबाट निर्वाचित पूर्व संस्थापन पक्षीय केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य सहभागी छन्।
सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई मान्यता दिने फैसला दिएपछि कसरी अघि बढ्ने भन्ने विषयमा खड्का समूहबिच छलफल जारी छ।
बैठकको सुरुमै खड्काले पार्टीको आन्तरिक अवस्थाबारे जानकारी दिँदै आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा सुझाव मागेका छन्।
शनिबार पनि खड्का निवासमा उक्त समूहका शीर्ष नेताबिच छलफल भएको थियो।
खड्का समूहको बैठकमा कोइराला समूहमाका नेताहरु सहभागी भएका छैनन्।
विशालनगरस्थित सम्पर्क कार्यालयमा बिहान बसेको कोइराला समूहको बैठकले पार्टी एकता कायम गर्नुपर्ने निष्कर्ष निकाल्दै खड्काले बोलाएको बैठकमा नजाने निर्णय गरेको छ।
Shares

प्रतिक्रिया