प्रवास


‘प्लस टु’ गरेर अमेरिका पुगिन्, क्यालिफोर्नियामा जीवन अन्त्य गरिन्

‘प्लस टु’ गरेर अमेरिका पुगिन्, क्यालिफोर्नियामा जीवन अन्त्य गरिन्

एनआरएनए क्यालिफोनिर्याले गोफन्डबाट सहयोग संकलन गर्न प्रयोग गरेको प्रमिलाको फोटो


नेपालखबर
बैशाख ६, २०८३ आइतबार १४:३९, काठमाडौँ

अध्ययनका लागि अमेरिका पुगेकी एक जना नेपाली युवतीले देह त्याग गरेकी छिन्। प्रमिला त्रिपाठी भुर्तेल पाँच वर्षअघि अमेरिका पुगेकी थिइन्। गैरआवासीय नेपाली संघ, क्यालिफोर्निया शाखाका अनुसार उनी मृत अवस्थामा फेला परेकी छन्।

प्रमिला सानफ्रान्सिस्को बस्दै आएकी थिइन्।

‘हामी भारी मन पारेर प्रमिलाको दुःखद निधनको खबर सेयर गर्दैछौँ’, एनआरएनए क्यालिफोर्नियाले भनेको छ, ‘उनले आफ्नो उज्वल भविष्यको लागि धेरै संघर्ष गरेकी थिइन्।सान फ्रान्सिस्कोमा मृत अवस्थामा भेटिइन्।’

प्रमिलाले आफूसँगै आफ्नो बच्चा हुर्कारहेकी थिइन्। कतिपयले उनको आर्थिक अवस्था नाजुक भएका कारण आत्महत्याको बाटो रोजेका बताइरहेका छन्। एनआरएनए क्यालिफोर्निया यो विषयमा मौन छ।

उनको एक जना बच्चा छन्। पति कहाँ छन् वा छैनन् भन्ने अज्ञात छ।

उनको शिशु हुर्काउन र प्रमिलाको अन्त्येष्टि गर्न आर्थिक अभाव भएपछि क्यालिफोर्नियाको नेपाली समुदाय चिन्तित छ। अमेरिकाबासी नेपालीले चन्दा संकलनको काम सुरु गरेका छन्।

क्यालिफोर्नियास्थित एभरेष्ट बिजनेस रोडम्याप नामक कम्पनीका सीइओ युवराज कार्कीले घटनाको पुष्टि गर्दै नेपाली विद्यार्थी अमेरिका पठाउँदा अभिभावकले सचेत हुन आग्रह गरे। नेपालमा प्लस टू सकेर अमेरिका पुगेकी उनी विश्वविद्यालयको अध्ययन पूरा गर्न नसक्दा मानिसक समस्यामा परेकी थिइन्। 

अहिले प्रमिलाको मृत्यु मामिलामा एनआरएनए क्यालिफोर्निया मुख्य तीन कामका लागि सहयोग जुटाउन कोसिस गरिरहेको छ। अन्त्येष्टि तथा श्रद्धाञ्जली, शिशुको हेरचाह तथा भविष्य एवं परिवारलाई तत्काल आर्थिक सहयोग गर्न रकम जरुरी भएको हो।

सानफ्रान्सिस्कोस्थित नेपाली महावाणिज्यदूतावासमा टेलिफोन गर्दा सम्पर्क हुन सकेन। प्रमिलाको नेपाल ठेगाना कहाँ हो भन्नेबारे अहिलेसम्म आधिकारिक सूचना खुलेको छैन। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad